• १५ चैत २०८०, बिहिबार

रुपन्देही –३ मा राप्रपाका दिपक बोहोरा विजयी

blog

रूपन्देही, मंसिर १० गते । रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहोरा विजय हुनुभएको छ । पछिल्लो मत परिणामअनुसार बोहोराले ३६ हजार ६४८ मत प्राप्त गर्नुभएको  हो । उहाँका प्रतिस्पर्धामा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण खाणले ३४ हजार ६ मत ल्याउनुभयो ।

गृहमन्त्री खाण पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार हुनुहुन्थ्यो । रुपन्देही क्षेत्र नम्बर ३ 'ख' मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी र ३ 'क' मा लोसपाका सन्तोष पाण्डे विजयी हुनुभएको छ ।