तनहुँको बन्दीपुर गाउँपालिका–२ पार्नेमा नरभक्षी चितुवालाई गोली हानी मारिएको छ । प्रहरी नायब निरीक्षक रामशरण रानाको कमाण्डमा खटिएको टोलीले गोली हानी चितुवा मारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ सुन्तला, तरकारी र माहुरीका लागि प्रख्यात छ । गाउँभरी लटरम्म सुन्तला फलेका छन् ।
धरान–१३ की उषा राई मृत्यु प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठकाअनुसार घटनामा संलग्न रत्ना लिम्बूलाई पक्राउ गरिएको हो । मुख्य आरोपी उर्मिला राईलाई भने प्रहरीले मङ्सिर १५ गते र अन्य २ जना सुसेली राई र सुमित्रा राईलाई १६ गते पक्राउ गरेको थियो ।
विवादकाबीच लुम्बिनी प्रदेशको सदरमुकाम बुटवलबाट दाङ सारिएको छ । बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको हो । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अत्याधुनिक नयाँ भवनमा सरेको छ । साबिक प्रहरी परिसरमा १० करोड १० लाख ४४ हजार रुपियाँको लागतमा सुविधा सम्पन्न भवन औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनै जना सांसदले पहिलो पटकमा नै सफलता पाएका छन् ।
ओखलढुङ्गामा १३ हजार २५३ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र, ओखलढुङ्गाको तथ्याङ्कअनुसार यस वर्ष जिल्लामा १३ हजार २५३ मेट्रिकटन धान उत्पादन भएको हो ।
बाँके डुडुवा गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीले चालु आर्थिक वर्षदेखि तलब भत्ता पाएका छैनन् ।
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारको दुई तर्फिबाट आइतबार दिउँसो प्रहरीको अप्रेस सुरु भयो । सुरुमा देख्नेले कुनै ठूलै घटना भएको र त्यसको तयारीमा प्रहरी तैनाथ भएको अनुमान गरे ।
गत वर्षामा भत्किएका बाजुराका झण्डै नौ वटा झोलुङ्गे पुल अहिलेसम्म मर्मत नहुँदा सो पुलबाट स्थानीयलाई आउजाउमा निकै सास्ती छ ।
आइतबार राति जिल्लाको सदरमुकाम परासीमा घर आगलागीमा परी एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिकामा उखुको खेतमा आगलागी हुँदा किसानको लाखौँ रुपियाँको क्षति भएको छ ।
जनकपुर उपमहानगरपालिका –८ अग्नि कुण्ड बस्ने विजय पटेलकी छोरी अन्दाजी ३ वर्षीया अतिक्षा कुमारी पटेलको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
रूपन्देही, सैनामैना नगरपालिका -२ रिङरोडस्थित सडकमा लु २ त ६१८५ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर सोही नगरपालिका–४ झारबैरा बस्ने ६० वर्षीय ठगे थारुको आइतबार दिउँसो मृत्यु भएको छ ।
विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लैङ्गिक हिंसाबाट बच्न सिकाउने उद्देश्यले शिक्षक शिक्षिकालाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसाविरुद्ध आव्हान: आत्मरक्षाको तालिम हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महिला विभागले विद्यालयका शिक्षक र शिक्षिकालाई आत्मरक्षा तालिम प्रदान गरेको छ ।