• १६ चैत २०८०, शुक्रबार

उषा राई मृत्यु प्रकरण: थप एक आरोपी पक्राउ

blog

सांकेतिक तस्बिर

निशा राई 

धरान, मङ्सिर २० गते । धरान–१३ की उषा राई मृत्यु प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठकाअनुसार घटनामा संलग्न रत्ना लिम्बूलाई पक्राउ गरिएको हो । मुख्य आरोपी उर्मिला राईलाई भने प्रहरीले मङ्सिर १५ गते र अन्य २ जना सुसेली राई र सुमित्रा राईलाई १६ गते पक्राउ गरेको थियो ।

निज आरोपितहरू ४ जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताउनुभयो । अन्य २ जनाको पनि पहिचान भइसकेकाले खोजी कार्य भइरहेको र एक जनाको भने पहिचान हुन नसकेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । 

गत कार्तिक ३ गते आरोपीमध्ये उर्मिला राईले शङ्काको भरमा आफन्त र केही महिलाहरूलाई लगेर मृतक राईलाई कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते उषालाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा केही दिन उपचार गरी डिस्चार्ज भएको उषाले उपचार खर्च पाउने गरी सामुदायिक प्रहरीमा मिलापत्र गरेको थियो । मृतक उषा राईको पुनः स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठान भर्ना गरिएकोमा उपचारको क्रममा सोही प्रतिष्ठानमा मङ्सिर १३ गते मृत्यु भएको थियो ।