दोलखाका युवा अभिनय कार्कीले दोलखाको प्रसिद्ध तथा पवित्र कालिञ्चोक मन्दिरबाट इलामको श्रीअन्तुसम्मको साइकलयात्रा सुरु गर्नुभएको छ ।
भर्खरै सम्पन्न भएको निर्वाचनपछि बस्ने सङ्घीय संसद्को पहिलो बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै बस्ने भएको छ ।
मङ्सिर महिना बित्न लाग्दासमेत धनुषालगायत छिमेकी जिल्लाहरूमा चिसो बढेको छैन । मङ्सिर, पुस र माघ महिनामा तराईका जिल्लाहरूमा अत्यधिक चिसो र हुस्सु लाग्ने गर्दथ्यो । तर, यस वर्ष भने त्यस्तो छैन ।
बिहीबार हुने १९ औँ राष्ट्रिय ज्यापू दिवसको मूल समारोहका सबै तयारी पूरा ज्यापू संस्कृति विकास कोषले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी संस्थाहरूलाई ३५ दिनभित्र कार्यालय परिसर र शौचालय सफा राख्न आग्रह गरेको छ ।
जोगबनी हुँदै विराटनगरसँग जोडिएको नाकामा रहेको सय वर्षअघि निर्माण भएको पुल एक वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको छ । भारतको बिहारमा रहेको मीरगन्ज पुल हिजो मंगलबारबाट पुनः सञ्चालनमा आएको हो ।
साना दूध उत्पादक किसानको उत्पादन वृद्धि गर्न कपिलवस्तु र रुपन्देहीका २४ हजार गाईभैँसीको नश्ल सुधार गरिने भएको छ ।
बच्चा जन्मिएपछि पालिकाले बच्चाको नाममा पाँच हजार रुपियाँ बचत गरिदिने भएको छ । मोलुङ गाउँपालिका ओखलढुङ्गाले पालिका भित्र बच्चा जन्मिने बित्तिकै उनीहरूको नाममा पाँच हजार रुपियाँ बचत गरिदिने भएको हो ।
चिनियाँ राष्ट्रपति सी चिनपिङ तीनदिने साउदी अरयिबा राजकीय भ्रमणको लागि बुधबार त्यता प्रस्थान गर्नु लाग्नुभएको छ । विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश साउदी अरबियाका राजा सलमानको औपचारिक निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रूपमा मान्यता दिन आवश्यक रहेको बताउनुभएको छ ।
जेठ १५ गते मुस्ताङमा २२ जनाको ज्यान जाने गरी भएको दुर्घटनाका अवशेषहरू सङ्कलन गर्न थालिएको छ । सो बेला तारा एयरको विमानमा रहेका तीन चालकदलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो ।
मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार भएका छ जनाले खर्च विवरण बुझाउनु भएको छ ।
लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्नुको विकल्प नभएको बताउनुभएको छ ।
बाजुरामा प्रतिनिधि सभा तर्फको समानुपातिकमा पनि नेपाली कांग्रेस नै पहिलो भएको छ । प्रतिनिधि सभा सदस्य तर्फको समानुपातिक तर्फको मतगणना हुँदा अन्य दलको भन्दा एक हजार ६७३ मत बढी ल्याएर नेपाली कांग्रेस पहिलो बनेको हो ।
पछिल्ला केही महिनादेखि काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानीय तहमा रेबिज रोगको आतङ्क सुरु भएको छ । गत साउन महिनाको दोस्रो साता जिल्लाको भुम्लु गाउँपालिका–१ सापिङ आरनटोलमा रेबिजको आतङ्क फैलिएको थियो ।