• ६ वैशाख २०८१, बिहिबार

बाजुरामा प्रतिनिधि सभाको समानुपातिकमा कांग्रेस पहिलो

blog

शेरबहादुर सार्की

बाजुरा, मङ्सिर २१ गते । बाजुरामा प्रतिनिधि सभा तर्फको समानुपातिकमा पनि नेपाली कांग्रेस नै पहिलो भएको छ । प्रतिनिधि सभा सदस्य तर्फको समानुपातिक तर्फको मतगणना हुँदा अन्य दलको भन्दा एक हजार ६७३ मत बढी ल्याएर नेपाली कांग्रेस पहिलो बनेको हो । 


आज सम्पन्न भएको प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको मतगणनामा नेपाली कांग्रेस पार्टीले २७ हजार ९७२ मत प्राप्त गरेपछि अन्य दल भन्दा पहिलो बनेको छ ।


त्यसैगरी, नेकपा एमालले २६ हजार २९९ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र)ले एक हजार ९७८ मत ल्याएर तेस्रो र नेकपा (एकीकृत समाजवादी)ले एक हजार ७२८ मत ल्याएर चौंथो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।


बाजुरामा प्रतिनिधि सभा सदस्य तर्फको समानुपातिक मतगणना सकिएको भए पनि प्रदेश तर्फको मतगणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौड्यालले बताउनुभयो ।