• २० असार २०८१, बिहिबार

बच्चा जन्मेपछि पाँच हजार रुपियाँ बचत

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, मङ्सिर २१ गते । बच्चा जन्मिएपछि पालिकाले बच्चाको नाममा पाँच हजार रुपियाँ बचत गरिदिने भएको छ । मोलुङ गाउँपालिका ओखलढुङ्गाले पालिका भित्र बच्चा जन्मिने बित्तिकै उनीहरूको नाममा पाँच हजार रुपियाँ बचत गरिदिने भएको हो ।

आर्थिक वर्ष २०७९/०८० को नाबालक खाता कार्यक्रम अन्तर्गत पालिकामा जन्मिने बच्चाहरूको नाममा पाँच हजार बचत गरिने गाउँपालिका अध्यक्ष उत्तम राईले बताउनुभयो । बच्चा जन्मिनासाथ उनीहरूको नाममा बैङ्कमा खाता खोलेर गाउँपालिकाबाट पाँच हजार बचत गरिदिने अध्यक्ष राईले बताउनुभयो ।

उक्त बचत रकम बालबालिका १६ वर्ष पुगेपछि मात्र निकाल्ने व्यवस्था गरिएको अध्यक्ष राईको भनाइ छ । बालबालिकाको उच्च शिक्षा अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

उक्त सेवा लिनका लागि गर्भावस्थामा मापदण्डअनुसार अनिवार्य रूपमा स्वास्थ्य संस्थामा परीक्षण गरेको र स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ । यो सुविधा बालबालिका दुवैले पाउनेछन् ।