नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ पाँचौँ पटक स्थगित भएको छ । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाहमाथिकाे सुनुवाइ आइतबार स्थगित भएपछि पुस ११ गते पेसी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर र ललितपुर महानगरपालिका –१७ बिएण्डबि आकासे पुल नजिक सडकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
जाडो मौसममा देखिने स्वास्थ्य समस्या मध्ये इन्फ्लुएन्जा अर्थात् फ्लुले नेपाली जनजीवन प्रभावित बनेको छ । कोभिड कालमा केही कम भएको फ्लुको समस्या यो वर्ष पुनः देखिन थालेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।
बिजुलीको क्षमता अपुग भइरहेको जुम्लामा १५० मेगावाटको जवा तिला जलविद्युत परियोजना अगाडि बढ्ने भएको छ ।
पूर्वी नवलपरासीको देवचुली – ९ विशालटारस्थित घुमाउरी वनभोजस्थलमा वाईफाई जडान भएपछि आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको बताउनुभएको छ ।
घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएकी कालिकोटकी एक बालिकाको आर्थिक अभावले उपचारमा समस्या भएको छ । पलाता गाउँपालिका वडा नम्बर ७ पारौटीकी १६ वर्षीया हिरकला बमको टाउकोमा गम्भीर चोट लागेकाले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गर्नुपर्ने भएपछि समस्यामा परेकाे हो ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिकाको कुँडुले जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न भएको भए पनि प्राविधिक परीक्षण र हस्तान्तरणको काम बाँकी छ ।
बाजुराको सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ । झण्डै चार वर्ष वर्षअघि मात्रै साँफेमार्तडी राजमार्ग अन्तर्गत बाजुराको बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भएको थियो ।
धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुर बस्ने २७ वर्षीया रीतादेवी यादवको हत्या आरोपमा श्रीमान् वीरेन्द्र यादवलाई पक्राउ गरिएको छ ।
भूमिको सुरक्षित र दिगो व्यवस्थापन गर्ने राष्ट्रिय लक्ष्यअनुसार पाँचथर फिदिम नगरपालिकाको जग्गा वर्गीकरण गरिएको छ ।
नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले विपन्न परिवारको घर छाउन जस्तापाताको सहयोग गर्नुभएको छ ।
रेसुङ्गा गौशालामा रहेका गाईको आहार व्यवस्थापनका लागि घाँससहितका विभिन्न सामग्री सहयोग गरिएको छ ।
पलाँता गाउँपालिकाद्वारा सञ्चालित अस्पतालमा उपचार खर्च तिर्न नसकेका एक बालकको शुल्क मिनाहा भएको छ ।
इनर ह्विल क्लबका जिल्ला अध्यक्ष सीमा झाले महिलाकाे उत्थान, सशक्तिकरणकाे लागि भरपर्दाे स्वास्थ्य, स्वच्छतासहित सामुदायिक सेवामा समर्पित हुन आवश्यक रहेकाे बताउनुभएकाे छ।