बाजुराको सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ । झण्डै चार वर्ष वर्षअघि मात्रै साँफेमार्तडी राजमार्ग अन्तर्गत बाजुराको बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भएको थियो ।
धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुर बस्ने २७ वर्षीया रीतादेवी यादवको हत्या आरोपमा श्रीमान् वीरेन्द्र यादवलाई पक्राउ गरिएको छ ।
भूमिको सुरक्षित र दिगो व्यवस्थापन गर्ने राष्ट्रिय लक्ष्यअनुसार पाँचथर फिदिम नगरपालिकाको जग्गा वर्गीकरण गरिएको छ ।
नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले विपन्न परिवारको घर छाउन जस्तापाताको सहयोग गर्नुभएको छ ।
रेसुङ्गा गौशालामा रहेका गाईको आहार व्यवस्थापनका लागि घाँससहितका विभिन्न सामग्री सहयोग गरिएको छ ।
पलाँता गाउँपालिकाद्वारा सञ्चालित अस्पतालमा उपचार खर्च तिर्न नसकेका एक बालकको शुल्क मिनाहा भएको छ ।
इनर ह्विल क्लबका जिल्ला अध्यक्ष सीमा झाले महिलाकाे उत्थान, सशक्तिकरणकाे लागि भरपर्दाे स्वास्थ्य, स्वच्छतासहित सामुदायिक सेवामा समर्पित हुन आवश्यक रहेकाे बताउनुभएकाे छ।
निर्माण सम्पन्न भएपछि रेखदेख नहुँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ गुडरुङ खोला लिफ्ट सिँचाइ योजना ३ वर्ष देखि बन्द भएको छ ।
कपिलवस्तु शिवराज नगरपालिका ४ वसन्तपुरका युवराज अधिकारी लेयर्स कुखुरा पालन गरेर मनग्य आम्दानी लिन सफल हुनुभएको छ । एक दशक अघिदेखि कुखुरा पालन गर्दै आएका अधिकारीले वैदेशिक रोजगार त्यागेर कृषि पेसा अंगाल्नु भएको थियो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनले निरन्तरता पाउने बत्ताउनुभएको छ ।
दार्चुलामा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ ।
धौलागिरि अस्पताल बागलुङले पाठेघरको अप्रेसनको लागि आफैँ पैसा थप गरेर ३६ जना महिलाको निःशुल्क पाठेघरको अप्रेसन गरेको छ ।
गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो । चित्रकारका रूपमा समेत अब्बल नेपाली स्वदेशमै क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ ।
कर्णालीमा खाद्य सुरक्षाको समस्या कायमै रहेको बेला जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर देखिन थालेकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
कलिलै उमेरमा आमा बनेकी कैलालीको घोडाघोडी नगरपालिका १ का माया (परिवर्तित नाम) अहिले २५ वर्षको हुनुभयो । उहाँको अहिले चारजना छोरी छन् भने पाँचपटक गर्भपतन गराइसक्नुभएको छ ।