• १२ मंसिर २०८१, बुधबार

नेता भण्डारीद्वारा विपन्न परिवारलाई जस्तापाताको व्यवस्था

blog

नेता भण्डारीले उपलब्ध गराएको जस्तापाता ।

अमरराज नहर्की

तनहुँ, मङ्सिर २६ गते । नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले विपन्न परिवारको घर छाउन जस्तापाताको सहयोग गर्नुभएको छ । 

भिमाद नगरपालिका–१ जिलाङका नरबहादुर थापाको परिवारलाई सोमबार जस्तापाता सहयोग गर्नुभएको हो । छानो छाउन १६ वटा जस्तापाता व्यवस्था गरिदिएपछि विपन्न थापा परिवार हर्षित छन् ।

आर्थिक अभावका कारण थापाले घरको छानो छाउन सक्नुभएको थिएन । थापाले घर छानो छाउन नसक्दा घाम र पानी छेक्न त्रिपाल टाँग्नुभएको थियो  । 

मङ्सिर २३ गते मतदातालाई धन्यवाद दिन जाने क्रममा उहाँले छाउने टिनको व्यवस्था गरिदिने घोषणा गर्नुभएको थियो ।