• १३ साउन २०८१, आइतबार

रीताको हत्या आरोपमा श्रीमान् पक्राउ

blog

हत्यामा प्रयोग भएको बञ्चरो र विरेन्द्रलाई नियन्त्रणमा लिँदै प्रहरी। तस्बिर – विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, मङ्सिर २६ गते । धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुर बस्ने २७ वर्षीया रीतादेवी यादवको हत्या आरोपमा श्रीमान् वीरेन्द्र यादवलाई पक्राउ गरिएको छ । 

आइतबार राति ११ बजे घरमै सुतिरहेको अवस्थामा उहाँमाथि धारिलो हतियारले प्रहार भएको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उहाँलाई श्रीमान् वीरेन्द्रले उपचारको लागि जनकपुरस्थित काव्या अस्पतालमा पुर्‍याएको थियो । उपचारकै क्रममा रितादेवीको मृत्यु भएको थियो । 

हत्या घटनासम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा श्रीमान् वीरेन्द्रमाथि शङ्का लागेर केरकार गरेपछि हत्या आफूले नै गरेको वीरेन्द्रले प्रहरीसमक्ष स्वीकार गरेको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो ।

हत्यामा प्रयोग गरिएको बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालिएको अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।

हत्यामा प्रयोग भएको बन्चरो र वीरेन्द्रलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान अघि बढाइएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।