गत असोजमा परेको पानीबाट प्रभावित परिवारले राहत पाउन थालेका छन् । लगातार पाँच दिनसम्म परेको पानीका कारण आएको बाढी र पहिरोमा परेर ज्यान गुमाएका, घर क्षति भएका परिवारलाई गैरसरकारी संस्था किर्डाक नेपालले राहत वितरण गरेको छ ।
भरतपुर विमानस्थल कार्यालयले आन्तरिक व्यवस्थापनमा सुधार गरेको छ । यात्रुलाई सेवासुविधा दिन आन्तरिक व्यवस्थापन व्यवस्थित गरेको भरतपुर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ की ८५ वर्षीया अम्मा थापालाई पेट दुख्ने र मुटु फुल्ने समस्याले सताएको थियो । उहाँ उपचारका लागि पाल्पा वा बुटवल जान पनि भ्याउनुभएको थिएन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार वाम लोकतान्त्रिक गठबन्धनकै हुने गरी छलफल भइरहेको जानकारी दिनुभएको छ ।
महोत्तरीको गौशाला नगरपालिका १ स्थित एभरेष्ट चिनी मिलले सिजन ०७९/८० का लागि उखु क्रसिङको तयारी गरेको छ । चिनी मिलले पुस महिनाको पहिलो साताभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित आवश्यक तयारी थालेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अनावरण गर्नुभएको छ ।
रुपन्देहीलगायत लुम्बिनी प्रदेशका तराईका जिल्लामा एक सातादेखि बिहान बाक्लो हुस्सु लागेको छ । अन्य समयभन्दा तुलनात्मक रूपमा दिउँसोमा घाम मधुरो भएको छ ।
भंगहा नगरपालिका–७ मा थारु सङ्ग्रहालय बन्ने भएको छ । थारु सङ्ग्रहालय निर्माणस्थलको निरीक्षणपछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु सङ्ग्रहालय निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालीको आवासीय राजदूतमा कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि पनि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर र कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालले लामो समयदेखि अस्पतालमा सम्पर्कविहीन भएका कर्मचारीलाई ३० दिन हाजिर हुन आउन आग्रह गरेको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् एनएससीका रणनीतिक सञ्चार संयोजक जोन किर्बीले चीनसँगको सुरक्षा चुनौती स्वीकार्दै वासिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताउनुभएको छ ।
जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकस्थित खानीखोला पुलमा पहिरो जाँदा दुईतर्फी पृथ्वीराजमार्ग अबरुद्ध भएको छ ।
महोत्तरी जिल्लाको मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठका महन्थलाई प्रहरीले कीर्ते गरेको आरोपमा पक्राउ गरेका छन् । नेपालको सबैभन्दा ठूलो मठको रुपमा चिनिएको लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दास शास्त्रीलाई महोत्तरी प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको जनाइएको छ ।