• १३ असोज २०८१, आइतबार

पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

blog

पाँचौ नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता । तस्बिर – नारद कोहार

नारद कोहार

तौलिहवा, पुस ५ गते । खेलकुदले अनुशासनको विकास गराउने हुँदा यसलाई पढाइसँग अघि बढाइनुपर्ने प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले बताउनुभएको छ । कपिलवस्तु नगरपालिकाले आयोजना गरेको पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उहाँले सो कुरा बताउनुभएको हो ।

यस वर्ष छात्र र छात्राको लागि भलिबल र एथलेटिक्स समावेश गरेर प्रतियोगिता राखिएको खेलका प्राविधिक संयोजक राजेश शाक्यले बताउनुभयो । 

जम्मा २३ वटा स्वर्ण, २३ वटा रजत र २३ वटा कांस्य पदकको लागि प्रतियोगिता हुनेछ । 

कपिलवस्तु नगरपालिकाका २३ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिता ८ गते सम्म चल्नेछ ।