• २३ असार २०८१, आइतबार

ब्याडमिन्टन खेलमा श्रेष्ठ र खनाललाई स्वर्ण

blog

विजयी खेलाडीहरू । तस्बिर – सन्तोष राउत

सन्तोष राउत

सोलुखुम्बु, पुस ५ गते । सोलुखुम्बुमा सम्पन्न प्रथम डी.बी. किराँती (थुलुङ) स्मृति खुला पुरुष डबल ब्याड्मिन्टन प्रतियोगिताको उपाधि सोलुखुम्बु ब्याडमिन्टन सङ्घका अर्जुन श्रेष्ठ र आशिष् खनालले जित्नुभएको छ । खेलमा लुक्लाका लाक्पातेन्जी तामाङ र अनुज तामाङ दोस्रो हुनुभएको छ ।

ओखलढुङ्गाका श्रवण चौधरी र सञ्जय राईको टिम तथा काठमाडाैंका गणेश ढुङ्गेल र नारायण गौतम तेस्रो हुनुभयो । त्यस्तै, महिला डबलतर्फ काठमाण्डौका सोमा गुरुङ र निकिता लामाको टिम पहिलो, सोलुखुम्बु ब्याडमिन्टन सङ्घका पूजा मगर र माया राई दोस्रो, सोलुखुम्बुकै सरिता राई र कला राई तथा ओखलढुङ्गाका प्रेमु राई र काठमाडौँका टसी शेर्पा तेस्रो भएका छन् । 

पुरुष ३५ वर्ष माथिको उमेर समूहमा काठमाडौँका नारायण गौतम र सोलुखुम्बु लुक्लाका ल्हाक्पातेन्जिङ तामाङ पहिलो, ओखलढुङ्गाका राम राई र हित राई दोस्रो र सोलुखुम्बु ब्याडमिन्टन सङ्घका रघुनाथ खनाल र फूर्वाग्याल्जेन शेर्पा तथा सोलुखुम्बु सल्लेरीका तुला मगर र निर्मल श्रेष्ठ तेस्रो हुनुभएको खेल संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । 

१५ वर्ष मुनिको पुरुष एकलतर्फ काठमाडौँका शुभम श्रेष्ठ पहिलो, काठमाडौँको शिभम श्रेष्ठ दोस्रो र सोलुखुम्बु ब्याडमिन्टन सङ्घका रोमी तामाङ र विशाल तामाङ तेस्रो हुनुभएको छ । डी.बी किराँती (थुलुङ) स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सोलुखुम्बुसहित ओखलढुङ्गा, खोटाङ, उदयपुर, सिन्धुपाल्चोक, सुनसरी, सिराह, सप्तरी, काठमाडौँ, कास्कीको पोखरालगायतका जिल्लाहरूका खेलाडीहरूको सहभागिता थियो ।

प्रतियोगितामा १५ वर्ष मुनिको एकल पुरुषतर्फ १४ जना, खुला महिलातर्फ आठ टिम, खुल्ला पुरुषतर्फ १७ टिम र ३५ वर्ष माथिको बहु पुरुष तर्फ १२ टिमले सहभागिता जनाएका थिए ।

ब्याडमिन्टन प्रतियोगिताको सबै इभेन्टमा प्रथम र द्वितीय हुनेलाई क्रमशः नगद १५ हजार र सात हजार ५ सय रुपियाँको साथमा ट्रफी, तक्मा र प्रमाण–पत्र प्रदान गरिएको छ भने तृतीय हुने दुई जनालाई नगद पाँच÷पाँच हजारको साथमा ट्रफी, तक्मा र प्रमाण–पत्र प्रदान गरिएको छ ।