• ७ वैशाख २०८१, शुक्रबार

दोलखाबाट प्रदेश (ख) मा एमालेका केसी विजयी

blog

विजयी नेकपा एमालेका भरतबहादुर केसी

बाबुराम शर्मा 

दोलखा, मङसिर १८ गते । एक निर्वाचन क्षेत्र रहेको दोलखाको प्रदेश (ख) मा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भरतबहादुर केसी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ १९ हजार ४१४ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

उहाँले मत गणनाको दोश्रो चरणबाट अग्रता लिनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ प्राप्त गर्नुभएको छ ।  

यो प्रदेशमा नौ दल र चार स्वतन्त्र उम्मेदवारले मनोनयान दर्ता गराएका थिए । एक हजार ७६ मत प्राप्त गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले तेश्रो स्थान आगटेको छ ।