• १५ चैत २०८०, बिहिबार

शिवराजका नगरपालिकाद्वारा हटायो सडक अतिक्रमण

blog

सडक मिचर राखिएका ठेलागाडा र सामग्री हटाउँदै शिवराज नगरपालिकाको टोली

जानु पाण्डे

कपिलवस्तु, मङ्सिर २२ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाइएको छ । नगरपालिकाले पूर्व पश्चिम राजमार्ग र चन्द्रौटा कृष्णनगर सडक खण्ड मिचेर राखिएका ठेला गाडा हटाएको हो । नगरप्रमुख अजय थापाको नेतृत्वमा आएको टोलीले अतिक्रमण हटाएको थियो । एक दशक भन्दा बढी समयदेखि गरिएको अतिक्रमण नगरप्रमुख थापाले हटाउनुभयो । 

मुख्य सडक र सडक पेटी मिचेर राखिएका पसलका सामग्री ठेला गाडा तथा सडकमा पार्किङ गरी सवारीसाधन मर्मत गर्दा नगरका सुन्दरता बिग्रँदै गएको र सवारी दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण खाली गरिएको नगरप्रमुख थापाले बताउनुभयो ।

शिवराज नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहितको टोली खटिएको थियो । बजार क्षेत्रमा जथाभाबी सवारी साधन पार्किङ गर्न समेत प्रतिबन्ध गरिएको छ । चन्द्रौटा बजारमा सडकमा सवारीसाधन पार्किङ गर्ने, सडकमा राखेर सवारी मर्मत गर्ने काम हुँदै आएको थियो । बुधबार सडक छेउमा पार्किङ गरिएको ट्रक र मोटरसाइकल समेत हटाइएको छ ।