• १३ साउन २०८१, आइतबार

धनुषामा बसले मोटरसाइकलाई ठक्कर दिँदा एकजनाको मृत्यु

blog

बसले मोटरसाइकलाई ठक्कर दिँदाको अवस्था । तस्बिर - विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, पुस ३ गते । धनुषाको मिथिला नगरपालिका–५, स्थित पूर्व–पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका–१ भुतिही पटेर्वाका अन्दाजी ५५ वर्षीय चन्द्रदीप यादव रहेको प्रहरीले जनाएको छ । 

ठक्करबाट शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका यादवको ढल्केबरस्थित एक निजी स्वास्थ्य उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताउनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३४ वर्षीय लक्ष्मण यादवको अवस्था गम्भीर छ । उहाँको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ गइरहेको ज १२ प १४९२ नम्बरको मोटरसाइकलाई आइतबार बिहान साढे ९ बजे ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।