काठमाडौं, पुस १० गते । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले सरकार निर्माणका सन्दर्भमा केही भन्न सक्ने अवस्था नरहेको बत्ताउनुभएको छ ।
बालकोट बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिनुहुँदै उहाँले पार्टीको संस्थागत निर्णय नभएकाले पनि केही भन्न सक्ने अवस्था नरहेको बत्ताउनुभएको हो ।
नेता राईले भन्नुभयो, “सरकार निर्माणको सन्दर्भमा सँगै जान सकिन्छ, सकिँदैन भन्ने कुरा भयो । संस्थागत छलफल गरेर निर्णय गर्छौँ”, यस विषयमा पार्टीमा छलफल हुने उहाँले भन्नुभयो ।