• १५ असार २०८१, शनिबार

नेपाल र भारतका पहलमानबीच कुस्ती हुँदै

महोत्सवमा कुस्तीको मस्ती (फोटो फिचर)

blog

कपिलवस्तुको चन्द्रौटा महोत्सवमा कुस्ती खेल्दै पहलमानहरु । तस्बिर – जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, पुस १२ गते । दंगल अर्थात् पहलमानबीच हुने लडाइँ कुस्ती प्रतियोगिता । सातौँ चन्द्रौटा महोत्सवमा रोमाञ्चक खेल कुस्ती सुरु भएपछि दर्शकको आकर्षण बढेको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सोमबारबाट कुस्ती प्रतियोगिता सुरु भएको छ । कुस्ती खेलतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता सञ्चालन भएको छ ।

महोत्सवमा कुस्ती खेल प्रतियोगिता हुँदा बेग्लै आनन्द भएको स्थानीय अजुर्नसिंह बेल्वासेले बताउनुभयो । पहलमानले एकअर्कालाई ढलाउँदा दर्शकहरु निकै रमाएका देखिन्थे । पहिलो पटक कुस्ती खेलको अवलोकन गर्न पाएका दर्शकहरु चिच्याउँदै रमाएका थिए । 

यसैबीच, नेपाल र भारतका २२ जना खेलाडी सहभागी हुनेछन् । नेपालका नौ जना र बाँकी भारतको राजस्थान, पञ्जाब, हरियाणाका खेलाडीहरु रहने आयोजक संस्था व्यापार सङ्घ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले बताउनुभयो । सोमबारदेखि १४ गते दिनको १ बजेदेखि कुस्ती खेल सुरु हुने बताइएको छ । विजेताले २५ हजार पुरस्कार पाउने बताइएको छ ।