औरही नगरपालिका –७ स्थित इँटाभट्टा नजिक एक व्यक्ति शङ्कास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको छ । औरही नगरपालिका ७ स्थित एमटीएल इँटाभट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शङ्कास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो ।
झापाको दमकमा किसानहरूको मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप देखिन थालेको जनाइएको छ । मकैमा यस प्रकारको समस्या देखिएपछि किसानहरूले नगरपालिकाको कृषि शाखामा मकैको बोट नै लिएर आउने गरेको दमक नगरपालिका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले बताउनुभयो ।
तुलसीपुर ४ माथिल्लो हलवार र तुलसीपुर १९ को कुटेचौरका किसानको खेतबारी दुवैतिर पर्दछ । वर्षायाममा हलवारका किसानले खेत जोत्न कुटेचौर पुग्दा ग्वार खोला आयो भने खेतमै बास हुन्थ्यो ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ७ मा एउटै टोलमा चारजना बालबालिकामा दादुरा देखिएको छ । ५ देखि १२ उमेर समूहका तीन बालिका र एक बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र सङ्घीय राजधानी काठमाडाैँका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित सङ्घीय मेलाको अवसरमा आयोजित भलिबल उपाधि थुम्बेदिनले जितेको छ ।
जाडोबाट प्रभावित परिवारको सहयोगका लागि बर्दिबासका युवाले अहिले ‘न्यानो अभियान’ सुरु गरेका छन् ।
उपप्रधान तथा भौतिक पूर्वाधार र यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री बनेपछि पहिलो पटक एकान्तकुनास्थित यातायात कार्यालयमा निरीक्षण गर्नुभएको छ ।
ओखलढुङ्गा जिल्लाको माथिल्लो भेगमा तुसारोले जनजीवन कष्टकर बनाएको छ । तुसारो पर्नुका साथै चिसो बढ्दा जनजीवन थप कष्टकर बनेको हो ।
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन बसेको छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बसेको हो ।
निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रिय सभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न मन्त्रालयको काम कारबाहीबारे जानकारी लिनुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई बोलाई त्यसका काम कारबाहीको विवरण लिनुभएको हो ।
चिसो मौसम सुरु भएसँगै कपिलवस्तुमा महोत्सवको माहौल सुरु भएको छ । झिसमिसे साँझ हुन लागेपछि बत्तीको झिलिमिली देखिन सुरु हुन्छ । झिलिमिली साँझमा हुने साङ्गीतिक माहौलले दर्शकलाई अझ रमाइलो अनुभूति दिने गरेको छ ।
नेपाल प्रहरीले विभिन्न आपराधिक कार्यमा संलग्न आठजनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।