प्रतिनिधिसभा सदस्य उर्मिला माझी (पौडेल)ले विकास निर्माणका काम समयमा सम्पन्न गरी जनतालाई प्रभावकारी सेवा दिन सक्रिय पहल गर्नुभएकाे छ। निर्वाचनमा विजय घाेषित भएपछि जिल्ला आउनुभएकी नेकपा माओवादी केन्द्रकी सांसद माझीले प्रमुख जिल्ला अधिकारी र पूर्वाधार प्रमुखलगायतसँग छलफल गर्दै विकासका कामहरू तोकिएको समयमा नसक्दा जनताले असुविधा भोग्न बाध्य हुनुका साथै जिल्लाको परिचय पनि बिग्रने बताउनुभयाे ।
बाक्लो हुस्सु र शीतलहरका कारण धनुषालगायत तराई मधेशको जनजीवन कष्टकर बनेको छ । आज (सोमबार) बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारण अत्यधिक चिसो महसुस गरिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गर्नुभएको छ । उहाँले आइतबार सो सम्झौताको स्वागत गर्नुभएको संयुक्त राष्ट्र संघले जानकारी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई घरमै पुगेर नागरिकताकाे प्रमाण पत्र प्रदान गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ की सुप्रिना श्रेष्ठले घरमै आइपुग्नु भएकी कार्यालय प्रमुख रुद्रादेवी शर्माको हातबाट नागरिकता पाउनुभयाे । शर्मा आफैँ नागरिकता प्रमाण पत्र लिएर उहाँको निवास पुग्नुभएको थियो ।
पूर्वी एसियाली देशहरूलाई जोड्ने एसियाली राजमार्ग अन्तर्गत मेचीनगर काँकडभिट्टामा छलेनको मितेरी पुल आइतबार उद्घाटन गरिएको छ ।
कैलालीको सीमावर्ती गाउँवासीका समस्या बुझ्न साहित्यिक यात्रा गरिएको छ । दाङका नीमबहादुर थापा, छविलाल कोपिला, नेपालगञ्जका खगेन्द्र गिरी कोपिला, सुर्खेतका ललित केसी र कैलालीका सागर कुश्मी ‘सङ्गत’ सो यात्रामा भाग लिनुभयो ।
मोलुङ गाउँपालिका ओखलढुङ्गामा सञ्चालित मोलुङ हाइड्रोपावरले १५ करोड ६० लाख रुपियाँ भन्दा बढीको विद्युत विक्री गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ ।
इस्वी सम्वतको नयाँ वर्ष २०२३ विश्वभर धूमधामका साथ मनाइएको छ । यस वर्षलाई सबैभन्दा पहिला प्रशान्त महासागरमा रहेको किरिबाटी देशले स्वागत गरेको छ ।
गुल्मीमा संस्कृति संरक्षण गर्न पञ्चेबाजा वितरण गरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ८ तुराङमा दलित उत्थान कार्यक्रम अन्तर्गत एक लाख रुपियाँको बजेटबाट पञ्चेबाजा खरिद गरी वितरण गरिएको वडा सचिव लक्ष्मी अर्यालले जानकारी दिनुभयो ।
इस्वी सम्वतको नयाँ वर्षको अवसरमा धनुषाको ढल्केवरस्थित पर्यटकीय स्थल मिथिला सागरमा आन्तरिक पर्यटक तथा पिकनिक (वनभोज) मनाउनेहरूको भीड लागेको छ ।
विगतका वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्षहरूमा पनि दोलखाका होटलहरू भरिभराउ हुने गरेका थिए तर यो वर्ष भने होटलहरुमा खासै रौनक छाएको देखिँदैन । जिल्लाको मुख्य पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चहलपहल खासै बढेको छैन ।
तीन जिल्लाको संगमस्थलमा रहेको शिला शालिग्रामको संरक्षणमा तीन जिल्ला जुटेका छन् । स्याङ्जा, पर्वत र गुल्मी जिल्लाले सेतिवेणीमा रहेको शिला शालिग्रामको संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउन लागि परेका हुन् ।
नेपथ्य समूहले नेपालमा मानवताको रक्षा गर्न सबै पक्षसँग अपिल गरेको छ । मानवता प्रवर्द्धनको अभियानसहित थालिएको एक महिने नेपथ्य कन्सर्ट यात्रालाई काठमाडौँमा बिट मार्दै सो समूहले नेपालमा मानवता रक्षाको लागि सबै पक्ष एकजुट भएर हातेमालो गर्नुपर्नेमा जोड दिएको हो ।