दिवाकर पोख्रेल
देउखुरी, पुस १८ गते । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन बसेको छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बसेको हो । सोमबार दुई वटा बैठक बस्नेछ । पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउनुभयो ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुभयो । उहाँले प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामहरूको बारेमा नयाँ संसद्लाई जानकारी दिनुभएको थियो । पहिलो बैठकपछि आधा घण्टा संसद् बैठक स्थगित भएको थियो । दोस्रो बैठक साढे २ बजेबाट पुनः सुरु भयो ।