इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघको पहिलो साताबाट साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्सबीच सहमति भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट गर्नुभएको छ ।
चितवनमा आइतबारदेखि जलपक्षी गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपंक्षी गणना शुरु गरेको हो ।
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आउनुभएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले पाकिस्तानलाई चीनले आर्थिक सहयोग दिएकामा प्रशंसा गर्नुभएको छ ।पाकिस्तानमा गत वर्ष गएको बाढी पहिरोका कारण क्षति भएको र त्यस क्रममा चीनले पाकिस्तानलाई सहयोग उपलब्ध गराएको थियो ।
डेढ करोड खर्च खर्चिएर पूर्णता नपाएको जिल्लाको एक मात्र बसपार्क स्थानीयको श्रमदानसँगै सञ्चालनमा आउने भएको छ । जिल्ला सदरमुकाम गमगढीमा निर्माण गरिएको उक्त बसपार्क माघ १ गतेदेखि सञ्चालनमा आउन लागेको हो ।
रावाबेंसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा पुनः साप्ताहिक हाट सञ्चालनमा आएको छ । कोभिड–१९ को कारण बन्द भएको साप्तहिक शुक्रबारे हाट आजबाट पुनः गाउँपालिकाले सञ्चालनमा ल्याएको हो ।
बाँकेका वरिष्ठ साहित्यकार महानन्द ढकालको उपन्यास ‘ब्रुहान’लाई २०७९ सालको उत्कृष्ट पठनीय कृति सम्मान प्रदान गरिएको छ । विश्व नेपाली साहित्य महासङ्घको लुम्बिनी प्रदेश शाखाले सो सम्मान गरेको हो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान भएका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा यसको प्रयोग भइरहेको छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताको आर्थिक र सामाजिक जीवनस्तरमा परिवर्तन ल्याउनु अहिलेको सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणाममुखी पहल गरिने बताउनुभएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि सो नियन्त्रण अभियानलाई तीव्र पारिएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।
सगरमाथा आरोही कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई निरन्तरता दिनुभएको छ । उहाँले हालै महालक्ष्मी नगरपालिकाभित्रका १५ वटा सरकारी विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेर सो अभियानको निरन्तरता दिनुभएको हो ।
हिउँ नपर्दा बुङ आलुखेती गर्ने किसानलाई सहज भएको छ । गत वर्षको तुलनामा यस वर्ष चाँडै हिउँ नपर्दा बुङ्गा आलु खेती गर्ने किसानलाई सहज भएको हो ।
कालिगण्डकी –१ कारिकोट र गुल्मीको रिडी जोड्ने कालिगण्डकी मोटरेबल स्टिल ट्रस ब्रिज १० वर्षमा १० प्रतिशत मात्र काम सकिएको छ ।