गोरखापत्र अनलाइन
काठमाडौँ, पुस २४ गते । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आउनुभएको छ ।
आइतबार काठमाडौं आइपुग्नुभएका उहाँले नेपाल – चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने बताउनुभयाे।
नेपाल –चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेकाे उहाँले बताउनुभयाे । उहाँ नेपालका लागि २२औँ चिनियाँ राजदूत हुनुहुन्छ ।