• १३ साउन २०८१, आइतबार

सप्तरीमा दुई दिनमा दुई नाबालकसहित तीनले गरे आत्महत्या

blog

ललिता साह 

बोदेबसाईन (सप्तरी), पुस २५ गते । सप्तरीमा गएको दुई दिनमा मात्रै दुई नाबालकसहित तीन जनाले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

जिल्लाको राजविराज नगरपालिका–८ स्थिति डेरा गरेर बस्ने १४ वर्षीय अमन विकले आफ्नै सुत्ने कोठामा आमाको साडीको पासो लगाएर आत्महत्या गरेको छ ।

केही दिनअघि आफ्नै साथीहरूसँग घर छेउको रोडमा मोटरसाइकल चलाउने क्रममा दुर्घटनामा परेर घाइते हुनुभएका अमन उपचारको क्रममा थियो । बिहान आफू पसलमा तरकारी बेच्न गएको अवस्थामा अमनले आत्महत्या गरेको मृतकका आमा सुनिता विकले भन्नुभयो । 

बुवा वैदेशिक रोजगारमा बस्दै आएको र आमा आफ्नै सानो रोजगार गरेर दुईजना छोरालाई राजविराजमा पढाउँदै आएको थियो । 

विगत छ महिना अघिसम्म अमन धरानको एउटा स्कुलमा होस्टलमा बस्दै आएको र उनको गतिविधि ठीक नभएकाले छोरालाई होस्टलबाट ल्याएर नजिकैको राजविराज घरनजिकैको ह्यापीलैण्ड स्कुलमा भर्ना गरिएको थियो ।

त्यसैगरी, सुरुङा नगरपालिका वडा नं  ५ को १५ वर्षीय निरज साहले विराटनगरस्थित एक स्कुलको होस्टलमा बस्दै आएको र होस्टलभित्रै आत्महत्या गरेको निरजको आमा आशादेवीले बताउनुभयो ।

यता, खड्क नगपालिका –४ मा पनि एक स्वास्थ्यकर्मीले शनिबार राति नै झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय कडरबोनाले जानकारी दिएको छ । 

खड्क नगरपालिका वडा नम्बर – ३  घर भएका परिवर्तित नाम हिमाल चौधरीले जागिरबाट सोही दिन फर्केर आउँदा सो राति खड्कस्थित डेरा गरेर बस्ने दाइभाउजुको घरमा बसेको थियो । राति छोरा बुवासँगै सुतेको मध्यरातमा नौ वर्षीय छोराले उठेर बुवालाई खोज्दै गर्दा बुवा झुण्डिएको अवस्थामा फेला परेको मृतकको भाउजू ननुकला चौधरीले भन्नुभयो ।

गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमको रिर्पोट हेर्दा यो वर्ष मात्रै एक सय पन्ध्र जनाले झुण्डिएर र ५१ जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । सप्तरीमा महिला, पुरुष मात्रै नभई पछिल्लो समय होस्टला बसी पढ्ने बालबालिकाहरूले बढी सङ्ख्यामा आत्महत्या गर्ने गरेको पाइएको छ ।