धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को शान्तिनगर र १२ को जुगेडामा पाँच करोड रुपियाँ बढीको लगानीमा दुईवटा ओभरहेड पानी टंकी निर्माण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि बुधबार दुई जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट माओवादीका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावलको उम्मेदवारी परेको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थन सहित दावी प्रस्तुत गर्नुभएका गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले आज नयाँ सरकारका लागि दावी पेस गर्नुभएको छ । सत्ता साझेदार दलका नेताहरु आज दिउँसो लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दावी पेस गर्न प्रदेश प्रमुखको कार्यालय बुटवल जानुभएको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिका तथा वडा कार्यालय र विद्यालय समेतलाई प्रविधिमैत्री बनाउन सूचना, सञ्चार तथा प्रविधि (आईसीटी) सम्बन्धी तालिम सञ्चालन गरेको छ ।
प्राचीन सहरको रुपमा परिचित बनेपा (भ्वतः)को ऐतिहासिकता चिनाउन माघे संक्रान्तिको दिनमा सांस्कृतिक महोत्सव हुने भएको छ । दरबार, चोक, मन्दिर र वनको आफ्नो महत्व भए पनि प्रचार अभावले ओझेलमा परेपछि यहाँका युवाले बनेपालाई चिनाउन महोत्सव गर्न लागेका हुन् ।
ताकेता गर्दा पनि ईन्टरनेट सेवा प्रदायकले पोलभाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले तारहरु काट्ने बताएको छ । सेवा प्रदायकले ईन्टरनेटका तारहरु पोलमा राखेर सेवा विस्तार गरेर पैसा कमाउने तर लागेको भाडा नतिर्ने गरेका कारण तारहरु काट्नुपरेको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख श्रीराम पाण्डेयले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले स्रोत नखुलेको १६ लाख नगद रुपियाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आगो ताप्ने क्रममा जलेर घाइते बन्नुभएकी झापाकी एक वृद्धाको मङ्गलबार दिउँसो ज्यान गएको छ ।
सरकारले एसिड आक्रमणमा परेकालाई आकस्मिक उपचारपश्चात् थप उपचार गर्नु परेमा उपत्यकाका चार अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ ।
बाँकेमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले धान खरिद निकै सुस्त गतिमा खरिद गरिरहेको पाइएको छ ।
भारतको लखनऊमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउने नेपालीको सङ्ख्या पाँच पुगेको छ ।
दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्न श्री वीरदल गण (शान्ति सेना) काे नवौं डफ्फाका २१४ जना शान्ति सैनिकहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।
गायिका सोनी राजभण्डारीको नयाँ म्युजिक भिडियो “ तिमी टाढा भए पनि ” सार्वजनिक भएको छ। सामाजिक सञ्जाल युत्युबमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा शव्द रचना समिर राईकाे र विक्रम थापाको संगीत रहेको छ।
खिजिदेम्बा गाउँपालिका–९ पात्लेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापकलाई पदबाट हटाइएको छ । विद्यालयमा नियमित उपस्थित नहुनुभएकाले प्रधानाध्यापक रामदेब चौधरीलाई प्रअको जिम्मेवारीबाट हटाइएको हो ।