• १२ साउन २०८१, शनिबार

जसपा र नेकपा (एस)को एकता वार्ता कार्यदलबीच छलफल हुँदै

blog

गोरखापत्र अनलाइन 

काठमाडौँ, पुस २८ गते । जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)बीच एकता वार्ता हुँदैछ । 

वार्ताकालागि कार्यदलले बिहीबार दिनको १२ बजे सिंहदरबारमा छलफलका लागि समय निर्धारण गरेकोे छ । 

जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

नेकपा (एस)को तर्फबाट वेदुराम भुषाल, डा. विजय पौडेल, गङ्गालाल तुलाधर र प्रकाश ज्वाला छन् ।