• १३ साउन २०८१, आइतबार

अर्घाखाँचीमा जिपकाे ठक्करबाट एककाे मृत्यु

blog

गणेश खनाल

अर्घाखाँची, पुस २८ गते । जिपले ठक्कर दिँदा शीतगङ्गा नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय ज्ञानबहादुर नेपालीको मृत्यु भएको हाे ।  बिहीबार सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड अन्तर्गत भेडामारेबाट अमराईतर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले शीतगङ्गा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा नेपालीलाई ठक्कर दिएको थियो ।

ठक्करपछि टाउको र घुँडामा गहिरो चोट लागेर घाइते हुनुभएका नेपालीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारकाे क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिनुभयाे।

रेग्मीका अनुसार ठक्कर दिने गाडी तथा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।