प्रथम स्टार्टअप विजनेश तथा इन्टरटेन्मेन्ट फेष्टमा पाँचहजार नयाँ व्यवसाय र व्यापार गर्न चाहने व्यक्तिहरूले चासो व्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेश्वर दाहालले प्रेस सेन्टरले पत्रकारितालाई केन्द्रमा राखेर सङ्गठनलाई बलियो पार्नुपर्ने धारणा राख्नुभयो ।
आमाको मृत्यु भएपछि टुहुरो बनेका दूधे बालकलाई आर्थिक सहयोग प्राप्त भएको छ । सिद्धिचरण नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरूले उक्त दूधे बालकलाई नगद सहयोग गरेका हुन् ।
तराईका भूमिपुत्र आदिवासी जनजाति थारु समुदायमा आजबाट माघ (माघी) पर्व सुरु भएको छ । तीन दिनसम्म धूमधामसँग मनाइने यो पर्वलाई थारु समुदायका मानिसले पुस अन्तिम दिनबाट मनाउने गर्दछन् । माघ यो समुदायको सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि हो ।
जाडो छल्न कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बुड्ढी तालमा आएका चरा असुरक्षित भएका छन् । नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपका विकास गर्दै आएको बुड्ढी तालका चरा स्थानीयले मार्न लागेपछि असुरक्षित बनेका हुन् ।
गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन भएको छ ।
गृहमन्त्री भएपछि पहिलोपटक बिहीबार चितवन आउनुभएका गृह एवं उपप्रधानमन्त्री रवि लामिछानेले अवैध कुखुरा र चल्लाको आयत रोक्न निर्देशन दिनुभएको छ ।
जिपले ठक्कर दिँदा शीतगङ्गा नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय ज्ञानबहादुर नेपालीको मृत्यु भएको हाे । बिहीबार सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड अन्तर्गत भेडामारेबाट अमराईतर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा नेपालीलाई ठक्कर दिएको थियो ।
लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेका छन् । कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद सदस्यसहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो ।
गृहमन्त्री रवि लामिछानेले अपराध नियन्त्रणमा राजनीतिक पार्टीको प्रभाव पर्न नदिने बताउनुभएको छ । भरतपुर विमानस्थलमा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले अपराध नियन्त्रण गर्न कडा निर्देशन दिनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं तराई मधेश द्रुतमार्गको २१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । नेपाली सेनाकाअनुसार मंसिर मसान्तसम्मको तथ्यांकअनुसार २१ प्रतिशत मात्र काम सम्पन्न भएको हो ।
बाँके जिल्लामा सञ्चालित सबै क्रसर उद्योग बन्द गरिएका छन् । हाल सञ्चालनमा रहेका १७ वटा क्रसर उद्योग अवैध तथा मापदण्ड विपरीत पाइएपछि ती सबै उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)बीच एकता वार्ता हुँदैछ ।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
आजदेखि बेनीमा सुरु हुने म्याग्दी महोत्सवको सातौं संस्करणको तयारी पूरा भएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ ।