• ४ जेठ २०८१, शुक्रबार

यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना: ७२ जनाकाे अवस्था अज्ञात

blog

रमेश पाैडेल

पोखरा, माघ १ गते । काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज नयाँ विमानस्थलमा पार गरेर अगाडि गएपछि पोखरामा त्रास फैलिएको थियो ।

सो जहाज पुरानो विमानस्थलमा अवतरण हुने भयो भन्ने अड्कल गर्दा गर्दै जहाज सेतीको खोचमा खस्यो र आगोको मुस्लो देखियो, प्रत्यक्षदर्शी पोरखराका पत्रकार गोविन्द सुवेदीले गोरखापत्र अनलाइनलाई भन्नुभयो । 

आगो लागेको थाहा पाउने वित्तिकै अहिले उद्धारका लागि सबै निकायको पहल भइरहेको छ । 

केही शवलाई बाहिर ल्याएको छ, उद्धारकर्ताहरू क्रियाशील रहेका छन् । 

जहाजमा १० विदेशी नागरिक, ४ चालक दलका सदस्य र ५८ नेपाली यात्रु रहेको जानकारी विमानस्थलले दिएको छ । थप विवरण आउने क्रम जारी छ ।