गाेरखापत्र अनलाइन
हैटाैँडा, पुस २५ गते । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ । उहाँलाई नेपालकाे संविधान १६८ काे उपधारा २ बमाेजिम प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गर्नुभएकाे हाे ।
उहाँलाई विभिन्न राजनीतिक पार्टीबाट प्रतिनिधित्व गर्ने ७० जना प्रदेश सभाका सदस्यहरूकाे समर्थनसहित नियुक्त हुनुभएकाे हाे ।
समर्थनमा नेकपा (एमाले)काे २७, राप्रपाकाे १३, नेकपा (एकीकृत समाजवादी)काे ७, हाम्रो नेपाली पार्टीको २ प्रदेशसभाका सदस्यकाे समर्थन छ । नेकपा (माओवादी केन्द्र)का २१ जना प्रदेश सभा सदस्य छन् । उहाँ नेकपा (माओवादी केन्द्र)का पाेलिट्ब्युराे सदस्यसमेत हुनुहुन्छ ।