• १३ मंसिर २०८१, बिहिबार

जसपाका विभिन्न सङ्गठनमा तोकियो जिम्मेवारी

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस २५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको सङ्गठन विभागले पार्टी समितिमा आबद्ध सदस्यहरू, जनसङ्गठन र क्रियाशील सदस्यहरूको अभिलेख माग गरेको छ । चैतसम्म विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागले अभिलेख सङ्कलनको कामलाई तीव्रता दिएको हो । विभागले सदस्यहरूलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ । 

विभागले प्रदेश नं १ – खगेन्द्र माखिम, मधेश प्रदेशमा कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्का, बागमती प्रदेशमा  विद्युत बज्राचार्यलाई जिम्मेवारी दिएको छ ।

यस्तै, गण्डकी प्रदेशमा धनप्रसाद तामाङ, लुम्बिनी प्रदेशमा अशोककुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामीमगरलाई जिम्मेवारी तोकेको छ ।

त्यसैगरी, राष्ट्रिय समितिहरूमा लाक्पा शेर्पा, खगेन्द्र माखिम र बोम दर्लामी, जनवर्गीय सङ्गठनहरू रञ्जु ठाकुर, भीम राई र अशेश्वर यादव, गैर भौगोलिकमा चन्देश्वरप्रसाद सिंह र मञ्जु अन्सारी र प्रवास विशेष प्रदेश समितिमा रामसहायप्रसाद यादवलाई सो जिम्मा दिएको छ ।