• ६ जेठ २०८१, आइतबार

गण्डकी प्रदेश मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी ।

गाेरखापत्र अनलाइन

पाेखरा, पुस २५ गते । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, नेकपा (माओवादी केन्द्र)का ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।