• १३ असोज २०८१, आइतबार

धूमधामका साथ स्वागत गरियो नयाँ वर्ष २०२३

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस १७ गते । इस्वी सम्वतको नयाँ वर्ष २०२३ विश्वभर धूमधामका साथ मनाइएको छ । यस वर्षलाई सबैभन्दा पहिला प्रशान्त महासागरमा रहेको किरिबाटी देशले स्वागत गरेको छ । त्यसको एकघण्टापछि छिमेकी देश न्यूजिल्याण्डले स्वागत गर्‍यो । र, अष्टेलियाका विभिन्न सहरहरूले नयाँ वर्षको स्वागत गरे ।

नयाँ वर्षको समय जसरी प्रशान्त महासागर हुँदै एसिया, युरोप, अफ्रिका हुँदै अमेरिकासम्म पुग्दा विभिन्न देशहरूमा प्रत्यक्ष साङ्गीतिक कार्यक्रमहरू, आतेसबाजी र सहरभर झिलिमिल्ली पारिएको थियो ।