• १२ साउन २०८१, शनिबार

जिल्लास्तरीय बुद्धिचालमा सेम सुब्बा लिम्बू प्रथम

blog

बुद्धिचाल प्रतियोगिताको फाइनल खेल खेल्दै खेलाडी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १५ गते । ताप्लेजुङमा तमु ल्होसारको अवसरमा आयोजना गरिएको जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा सेम सुब्बा लिम्बू प्रथम हुनुभएको छ । लिम्बूले उत्कृष्ट ७ अङ्क प्राप्त गर्दै प्रथम हुनुभएको हो । 

बुद्धिचाल प्रतियोगितामा खेल सञ्चालनको सात चरणमध्ये सबै खेलमा विजयी हुँदै लिम्बूले सात अङ्क प्राप्त गर्नुभएको थियो । यस्तै, प्रतियोगितामा राजकुमार गुरुङ ६ अङ्कका साथ द्वितीय, राजकुमार पन्दाक ५ अङ्कका साथ तृतीय हुनुभएको छ । 

प्रतियोगिताका विजेता लिम्बूले १० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनुभएको छ । यस्तै, द्वितीय स्थान हासिल गर्न सफल गुरुङले सात हजार ५०० र तृतीय पन्दाकले पाँच हजार रुपियाँ नगद पाउनुभएको छ । 

तमु ल्होसार मूल आयोजक समिति र ताप्लेजुङ बुद्धिचाल सङ्घको समन्वयमा सञ्चालित प्रतियोगितामा २७ जना खेलाडी सहभागी थिए । बुद्धिचाल खेल संयोजक राजकुमार गुरुङका अनुसार प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको सभा हलमा बुधबारदेखि सञ्चालन गरिएको थियो ।