• १२ मंसिर २०८१, बुधबार

चितवन निकुञ्जमा भेटियो मृत गैँडा

blog

–फाइल फाेटाे

शालिग्राम नेपाल 

चितवन, पुस २५ गते । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । 

अमलटारी सेक्टरअन्तर्गत कुजौली रेन्जपोष्ट नजिकै नारायणी नदीको भँगालो किनारामा  १८ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । 

निकुञ्जको नियमित संयुक्त गस्ती गैँडा फेला पारेको थियो । गैँडाको खाग (खुर) सुरक्षित रहेको र प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने निकुञ्जले जनाएको छ । योसँगै साउन महिनापछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ७ वटा गैँडाको मृत्यु भएको छ ।