• ४ जेठ २०८२, आइतबार

दक्षिण सुडानमा २१४ जना शान्ति सैनिकहरू प्रस्थान

blog

गाेरखापत्र अनलाइन

काठमाडाैं, पुस २६ गते । दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्न श्री वीरदल गण (शान्ति सेना) काे नवौं डफ्फाका २१४ जना शान्ति सैनिकहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना खटिने क्रममा हिजाे पुस २५ गते सेनानी प्रविन उप्रेतीको नेतृत्वमा काठमाडाैंबाट मिशन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

प्रमुख सेनानी राजन दाहालको कमाण्डमा खटिएको उक्त गणका ६३६ जना सकल दर्जाहरु यस अगाबै मिशन इलाकामा पुगिसकेकाे श्री सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रकाशित गरेकाे विज्ञप्तिमा उल्लेख छ