• १३ असोज २०८१, आइतबार

धारिलो हतियार प्रहार गरी हत्या

blog

अमरराज नहर्की

तनहुँ, माघ २ गते । धारिलो हतियार प्रयोग गरी भानु नगरपालिकाको एक व्यक्तिको हत्या भएको छ । व्यास नगरपालिका वडा नं.८ रिस्ती बस्ने वर्ष २४ को आशिष् परियारले सोमबार बिहान ११ः३५ हत्या गरेका हुन् । 

भानु नगरपालिका–६ टुहुरे पसलस्थित डुम्रे–चन्द्रवती भित्री सडक खण्डमा सोही ठाउँमा बस्ने वर्ष ४९ को सन्तबहादुर गुरुङलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको, घटनामा संलग्न परियारलाई हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो ।