• १३ असोज २०८१, आइतबार

विमान दुर्घटनामा बेपत्ता भएकाको खोजी जारी

blog

पोखरा, माघ २ गते । पोखराको सेती खोँचमा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकाहरूको सोमबार बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य भइरहेको छ । विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात छ । 

दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले  बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो। 

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझ ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालिएको थियो ।