• ७ वैशाख २०८१, शुक्रबार

सञ्चार तथा सूचनामा सहज पहुँच पहिलो प्राथमिकता: सञ्चारमन्त्री शर्मा

blog

पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त सञ्चारमन्त्री रेखा शर्मा । तस्बिर : सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौँ, माघ ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

पद तथा गोपनियताको सपथ ग्रहण लगत्तै उहाँले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । मन्त्री शर्माले नेपालभर टेलिफोन सेवालाई भरपर्दो, निर्वाध र सहज ढङ्गले सञ्चार सम्पर्क सहज हुने व्यवस्था मिलाउने बताउनुभयो ।

उहाँले सरकारले सञ्चार तथा सूचनामा सहज पहुँच पहिलो प्राथमिकतामा रहने बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, “सरकारले अघि सारेको नीति, कार्यक्रम सूचना सञ्चारमा सहज पहुँच, उत्पादन, सहजतापूर्वक कसरी सेवाग्राही र उपभोक्ता सबै हिसाबले जनतामा सहज पहुँच पुर्‍याउनेमा प्रतिबद्ध छु ।”

उहाँले यस क्षेत्रको समस्यालाई समाधान गर्न पनि रहेक नागरिकको पहुँचमा सूचना, प्रविधि पुग्नुपर्ने बताउनुभयो ।