• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री र एमाले अध्यक्षबीचको भेटवार्ता

सरकारले पूर्णता पाउने विषय आजै टुङ्गिन्छ: प्रम प्रचण्ड

blog

काठमाडौं, माघ २ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाउने विषय आजै टुङ्गो लाग्ने बताउनुभएको छ । 

प्रधानमन्त्री प्रचण्ड र नेकपा  (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोट बैठकपछि बाहिरिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

सरकारले पूर्णता पाउने विषय कहिले टुङ्गोमा लाग्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आजै टुङ्गो लाग्छ । भोलि सबै विश्वासको मत दिने पार्टीहरू र नेताहरूको बैठक छ ।”

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सोमबार बिहानदेखि दिउँसो झण्डै पौने ३ बजेसम्म छलफल भएको थियो । उहाँहरुबीच सरकार गठन एवम् सञ्चालन लगायत समसामयिक विषयमा यसअघि पनि छुट्टा–छुट्टै छलफल हुँदै आइरहेको छ ।