मधेश प्रदेशका विना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोक्नेमा सहमत भएको छ । गत पुस २९ गते मुख्यमन्त्रीसँगै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीकोबाट सञ्जयकुमार यादव र जनमत पार्टीबाट इन्जिनियर वसन्त कुश्वाहाले विना विभागीय मन्त्रीको शपथ लिनुभएको थियो ।
मधेश प्रदेशमा नेकपा (माओवादी केन्द्र)बाट समानुपातिकतर्फ निर्वाचित दुई जना प्रदेशसभा सदस्यले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मधेश प्रदेशको प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका मालाकुमारी कर्ण र रैजी हैदरले आज पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।
खाल्डाखुल्डी १५ दिनभित्र पुर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिनुभए पनि निर्धारित समयमा खाल्डाखुल्डी पुर्न नसकिने सडक डिभिजन कार्यालय, काठमाडौंले जनाएको छ ।
धनकुटाको पर्यटकीय नगरी भेडेटारसँगै रहेको ऐतिहासिक साँगुरीगढी ओझेलमा परेको छ । किरात शासनकालमा यो गढीलाई नेपाल–भारत र भारत–चीन व्यापारको निगरानी गर्नेको रुपमा लिइएको थियो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा केवलकार निर्माण गर्न नहुने भन्दै सङ्घर्ष समिति गठन गरिएको छ ।
भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन् भने केही स्थगन भएका छन् ।
नेपाली कांग्रेस गुल्मीले जिल्लाका सबै तहमा सम्मेलन गर्ने भएको छ । मङ्गलबार जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवनमा बसेको जिल्ला कार्यसमितिको आठौँ बैठकले सबै स्थानीय तह र सम्पर्क समितिका नियमित सम्मेलन गर्ने निर्णय गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक लगाएको छ । स्याङ्जाको वालिङ खेलमैदानमा खेल चलिरहेको अवस्थामा माघ ५ गते अनुमति विना हेलिकोप्टर अवतरण गर्दा क्याप्टेन रनेश डङ्गोलले कुटाइ खानुभएको थियो ।
इलाम जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको दोहोरो गस्ती प्रभावकारी बनेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएपछि सीमा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाबल (एसएसपी) को संयुक्त गस्ती प्रभावकारी बनेको हो ।
डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । लामो समयसम्म भाडामा बस्दै आएको सहकारीले अढाई तले भवन बनाएपछि नयाँ भवनबाट सेवा आरम्भ गरेको जनाएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । लुम्बिनीमा आयोजित एक कार्यक्रमकाबीच दुई विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको हो ।
झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई दुई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् । यसअघि साउनमा कचनकवल –५ स्थित दल्लेगाउँमा तीनजना किशोरीहरूले झुन्डिएर आत्महत्या गरेका थिए ।
इस्टोनियाले रुसी राजदूतलाई निष्कासन गरेको छ । रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गरेको बदलामा इस्टोनियाले त्यसो गरेको हो । रुसी पक्षको निर्णयको प्रतिक्रियास्वरूप एस्टोनियाले पनि रुसी राजदूतलाई देश छाड्न आग्रह गरेको इस्टोनियाका विदेशमन्त्री उर्मास रेइन्सालुले बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा एक जना दलित महिला राज्यमन्त्री हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) बाट सुशीला सिर्पाली ठकुरी राज्यमन्त्री हुनुहुन्छ । सरकारको २३ सदस्यीय मन्त्रिपरिषद्मा छ महिला मन्त्री र तीन जना राज्यमन्त्री हुनुहुन्छ । मन्त्रिपरिषदमा भएको दलित प्रतिनिधित्वलाई लिएर सो समुदायका अगुवाले ‘दलित’ मिसाएकोजस्तो मात्र भएको टिप्पणी गर्नुभएको छ ।
पछिल्लो समय युवावस्थामा पनि हृदयाघात हुने सम्भावना बढ्दै गएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार हृदयघात भएर अस्पतालमा आउने मध्ये ४५ वर्ष नपुगेका १२ प्रतिशत युवा छन् ।