इलाम जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको दोहोरो गस्ती प्रभावकारी बनेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएपछि सीमा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाबल (एसएसपी) को संयुक्त गस्ती प्रभावकारी बनेको हो ।
डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । लामो समयसम्म भाडामा बस्दै आएको सहकारीले अढाई तले भवन बनाएपछि नयाँ भवनबाट सेवा आरम्भ गरेको जनाएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । लुम्बिनीमा आयोजित एक कार्यक्रमकाबीच दुई विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको हो ।
झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई दुई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् । यसअघि साउनमा कचनकवल –५ स्थित दल्लेगाउँमा तीनजना किशोरीहरूले झुन्डिएर आत्महत्या गरेका थिए ।
इस्टोनियाले रुसी राजदूतलाई निष्कासन गरेको छ । रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गरेको बदलामा इस्टोनियाले त्यसो गरेको हो । रुसी पक्षको निर्णयको प्रतिक्रियास्वरूप एस्टोनियाले पनि रुसी राजदूतलाई देश छाड्न आग्रह गरेको इस्टोनियाका विदेशमन्त्री उर्मास रेइन्सालुले बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा एक जना दलित महिला राज्यमन्त्री हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) बाट सुशीला सिर्पाली ठकुरी राज्यमन्त्री हुनुहुन्छ । सरकारको २३ सदस्यीय मन्त्रिपरिषद्मा छ महिला मन्त्री र तीन जना राज्यमन्त्री हुनुहुन्छ । मन्त्रिपरिषदमा भएको दलित प्रतिनिधित्वलाई लिएर सो समुदायका अगुवाले ‘दलित’ मिसाएकोजस्तो मात्र भएको टिप्पणी गर्नुभएको छ ।
पछिल्लो समय युवावस्थामा पनि हृदयाघात हुने सम्भावना बढ्दै गएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार हृदयघात भएर अस्पतालमा आउने मध्ये ४५ वर्ष नपुगेका १२ प्रतिशत युवा छन् ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा पाँच हजार ८४७ जना बाह्य पर्यटक आएका थिए । चालू आर्थिक वर्षको छ महिनामा २० हजार ७३३ जना पर्यटक आएका छन् । पर्यटकमध्ये भारतबाट ९०.६९, चीनबाट १.८३ र तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या ७.४८ प्रतिशत छ ।
परम्परागत खेती छाडेर किवी खेतीमा लागेका किसानले पाँच गुणासम्म फाइदा लिएका छन् । परम्परागत रुपमा मकै, गहुँ, कोदो र तोरी खेती गर्दै आएका किसानले किवी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् ।
नेपाल स्काउटको ५१ औँ उडव्याज तथा ४४ औँ गर्ल्स स्काउट एडभान्स तालिम सम्पन्न भएको छ ।
नेपालगञ्जबाट सोझै मानसरोवरको दर्शन पाउने गरी माउन्टेन फ्लाइट माघ १६ गतेबाट शुरु हुने भएको छ । यो उडान शुरु भएसँगै भारतीय र नेपाली धार्मिक पर्यटकहरुले जहाजबाटै सहज रुपमा कैलाश मानसरोवर दर्शन गर्न पाउनेछन् ।
कैलाली जिल्लामा दुई जनामा दादुरा देखिएको छ भने शङ्कास्पद दुई जनाको नमुना सङ्कलन गरिएको छ ।
महोत्तरी जिल्लाको क्षेत्र नं. २ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सरिता साह र पर्सा जिल्लाको क्षेत्र नं. ३ क बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गर्नुभएको छ ।
स्वास्थ्य सेवा तथा अन्य सेवाको पहुँचभन्दा बाहिर रहेका ज्येष्ठ नागरिकका लागि ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सुरु गरिएको छ । सरकारले दिने सेवा ज्येष्ठ नागरिकलाई घरमै दिने उद्देश्यले पूर्वखोला गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो ।
“आफूलाई हास्य कलाकार भनेर चिनाउन पाउनु नै मेरो जीवनको पहिलो खुसी हो । यसलाई निरन्तरता दिन मैलै अझै मिहिनेत गर्नुपर्छ” ।