जीवछ यादव
लाहान, माघ ५ गते । मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री सन्जय यादवले शहीदको सपना सकार गर्न मधेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बलिदानी दिवसको अवसरमा लाहानको शहीद पार्कमा शहीदलाई माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
अर्को वर्ष मनाउने १७ औँ बलिदानी दिवस सप्ताहव्यापी गर्ने र शहीद परिवार र र अपाङ्ग घाइतेलाई दुई लाख रुपियाँ दिइने कार्यक्रम जनकपरको मधेश भवनमा हन गइरहेको बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, ‘लाहान नगरपालिकाले जमिन उपलब्ध गराएमा नेपालकै नमुना शहीद सङ्ग्रहालय लाहानमा निर्माण गर्न प्रदेश सरकारको योजना छ ।’
मधेश आन्दोलनका शहीदको पहिलो सपना पहिचानको आधारमा मधेश प्रदेशको घोषणा भइसकेको मन्त्री यादवले भन्दै समृद्ध र सम्पन्न मधेश बनाउन मधेश सरकारले नमुना कार्य गरेर देखाउने दृढता व्यक्त गर्नुभयो ।
लाहानमा २०६३ सालमा भएको आन्दोलनमा रमेश महतो, प्रमोद सदाय, विजय सहनी र अनिस अन्सारी शहादत प्राप्त गरेपछि बदिलानी दिवस मनाउँदै आएको छ ।
रमेश महतोको नाउँमा नवराजपुर गाउँपालिकाको फूलबरियामा रमेश महतो माध्यमिक विद्यालय, लाहान–२३ गढामा रमेश महतो आधारभूत विद्यालय, लहान –४ मा शहीद विजय सहनी आधारभूत विद्यालय, मिर्जापुरमा शहीद प्रमोद दाय आधारभूत विद्यालय, लाहान–१५ मा बेचन यादव आधारभूत विद्यालय सञ्चालनमा छन् ।
सङ्घीयताको सुनिश्चितताका लागि माघ २ गते कृष्णबहादुर यादवको लहानमा प्रदर्शनको दौरानमा भएका भीडन्तमा बन्दकर्ता विद्यार्थी रमेश महतोको मृत्यु भएपछि चर्केको मधेश आन्दोलनमा माघ ५ गतेसम्ममा पाँच जनाको मृत्यु भएको थियो ।
मन्त्री सन्जय यादवसहित प्रदेशसभासभा सदस्यहरु राजकुमार गुप्ता, ललिता दास मधेश प्रदेशका पूर्व मन्त्री सरेश कमार मण्डल, जनमत पार्टीका प्रदेशसभा सदस्य सन्जय यादव लगायतकाले शहीदको प्रतिमामा माल्यार्पण गर्नुभयो ।
शहीद रमेश महतोको पिता रयिबा महतो, प्रमोद सहनीको पिता लक्ष्मी सहनी र प्रमोद सदायका पिता बालेश्वर सदायले मधेश सरकारले शहीदको भावनासँग खेलबाड नगर्न सचेत गराउनुभयो ।