• २६ वैशाख २०८३, शनिबार

आठ लाखभन्दा बढी राजस्व संकलन

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी।

रमेश विश्वकर्मा
गुल्मी, वैशाख २६ गते।
जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो पाँच दिनमा आठ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। गत सोमबारदेखि शुक्रबारसम्म आठ लाख ६७ हजार ७५० रुपियाँ राजस्व संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार राहदानी, संस्था नवीकरण र राष्ट्रिय परिचयपत्रबाट राजस्व संकलन गरिएको हो। जसमा राहदानीबाट आठ लाख ५७ हजार ५०० रुपियाँ, संस्था दर्ताबाट दुई हजार ७५० रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट सात हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ। पछिल्लो पछिल्लो पाँच दिनमा संस्था दर्ता, हातहतियार नविकरण तथा नामसारी भएको छैन।

यस समयावधिमा जिल्ला प्रशासन कार्यालयबाट वैवाहिक अंगिकृत एकसहित २६१ जनाले नयाँ नागरिकता लिनुभएको उहाँले जानकारी दिनुभयो। १६९ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनुभएको छ। गैर आवासिय नागरिकता एक जनाले लिनुभएको छ। त्यसैगरी यस अवधिमा नागरिकता त्याग कसैले पनि गर्नुभएको छैन। नाबालक परिचयपत्र १० जनाको गराइएको छ। राहदानी आवेदन सङ्कलन १६९ र राहदानी वितरण २२६ जनाको गरिएको छ।

राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ४२४ जना, राष्ट्रिय परिचयपत्र वितरण २९१ जना, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ५४ जनाको गरिएको छ। यस अवधिमा एक संस्था नविकरण गरिएको छ। प्रशासनले प्रत्येक हप्तामा सम्पादन गरेका कार्यहरुको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले विगतदेखि यसरी नै सार्वजनिक गर्दै आएको छ।