२०८३ वैशाख १४ सोमबार । गोरखापत्र राष्ट्रिय दैनिक । तत्कालिन अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारी, प्रधान सम्पादक जुनारबाबु बस्नेत, दी राइजिङ नेपाल अङ्ग्रेजी दैनिकका सम्पादक रमेशकुमार लम्साल संयुक्त भई जयपृथ्वीबहादुर स्मृतिग्रन्थ कक्ष स्थापना–तुल अनावरण गर्नुभएको चित्रपट विवरण हेरेँ, पढ़ेँ रमाएँ मनज्ञ । आल्हादित भएँ । विवेकशील व्यक्तिले विवेक सिंच्ने क्षेत्र यिनै यस्तै हुन्, सोचेँ । बनेर निर्धक्क !
राजा जयपृथ्वीबहादुर सिंह वर्तमान सुदूरपश्चिमाञ्चल क्षेत्रको एक दुर्गम जिल्ला ! दुरगम–विकट यातायात साधन सुविधाविहीन । कठिन साध्य जीवन गुजरान गर्न नतमस्तक व्यवस्थामा आश्रित ! सिंहदरबार निर्माणका अग्रगण्य चेष्टाधारी पुरुष तत्कालीन श्री ३ चन्द्रशमशेर जबरा अनकन्टार बझाङका राजा जयपृथ्वी साथ आफ्ना छोरी विवाह गरिदिनुको हेतु हुँदा हुन् अनेक ! अर्को विश्लेषणको पाटो यो !
राजा जयपृथ्वीबहादुर सिंह बैङ्गलोरमा बस्नुहुन्थ्यो । भवनको नाम ‘जयाभवन’ थियो ! सम्भवतः रानीको नाम जया कुमारी ! मनका तार्किक अठोट ! सत्य नहुन बेर छैन पनि ! प्रसङ्गवश जमर्किएँ ! क्षमस्व माम् ! कान समातेँ । भूल–चूक माफ ! यसको लक्षणार्थ !!!
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह मेरो बाल्यकालमै दिवङ्गत भइसकेथेँ । बाल्यकाल हास्नु–रुनु–खानु–खेल्नु–सुत्नु लम्पसार यताध्य रामायणम् ! तीन वर्से बाल जीवन मन मस्तिष्क धनीमानी हुनु कहाँ । सारा हिन्दु उसले आराध्य मानेका कृष्ण परमात्मा त बखलमा बाँधिएको रतिवृत्ति सबैले
सुनी–पढी–दृश्यपटमा हेरी–देखी जानेकै हौँ मनज्ञ ! बालक बुबुरो ग्वंगःको के कुरो ?
जयपृथ्वीबहादुर सिंह अनकन्टार बझाङका राजा भन्न सुहाउन्नथ्यो । जाज्वल्यमान– चिन्तन चेतका अनहोनी हिरा–खानी । विश्व विख्यात ‘कोरिनूर हिरा एफ्रिका महाद्वीपको कोइला खानीका गर्भगृहका ओजिला चमकिला चमक चहकिला...! वाह ! वाह ! नेपाली आकाशका राष्ट्रिय विभूति हाम्रा । जेठो मामा अहिले दिवङ्गत स्व. विश्वबहादुर मल्ललाई चन्द्रशमशेर जङ्गबहादुर राणाले बझाङ्गी महारानीको कामकाज गर्न खरिदार दर्जेनीमा नियुक्त गरी पठाएथ्यो । मामाको हस्ताक्षर छापालाई माथ गर्ने कोटीको ‘आमा कि मामा’ माझिएको उखान–टुक्का ! सिलसिला प्रसङ्गै प्रसङ्गका । अभिव्यञ्जना शैली निर्माण विनिर्माणका । प्रसङ्गवश प्रङ्गीकै प्रसङ्गमा । भूलचुकमा क्षमस्व माम् ! कान छोएँ आफ्नै । बन्छ अपराध छोए अरूको– हैरान ! लोकाचार होइन विल्कुल पापाचार । मात्र ठान्छु यो त निर्बन्ध निबन्धात्मक स्वछन्दाकार वैयक्तिक स्वतन्त्रता लोकतान्त्रिक संवैधानिक एक हितका अधिकार ! जय नेपाल ! खायो कपाल ! श्याम सुन्दर हमाल ! रामसुन्दर दर्नाल ! जय पृथ्वीबहादुर स्मृतिग्रन्थ कक्ष त राष्ट्रिय विभूति सम्मान ! नेपाल राष्ट्रका महिमामय आख्यान गान । महिमामय प्रयाण !
स्मृतिग्रन्थ कक्ष स्थापना प्रयास सुन्दर–शान्त– सानु भूखण्डधारी नेपालको उत्युत्तम महिमागान ! न कसैप्रति कचकच । न खसखस कसैप्रति । साथ चिन्तन–सम्प्रेषणका मार्मिक संवेदन । गर्नैपर्ने, हुनै पर्ने, सुकीर्ति–सम्मान अत्यन्त महान–नितान्तनीय कर्मयोग काण्ड ! हाय हाय राम ! चित्तवृत्ति मूलक कर्मठ क्रिया काण्ड । लम्बा भाषण–चन्दा रासन– गल्लीगल्ली विरोध प्रदर्शन ! भन्दा मान सम्मति सुलक्षणम् । ध्यानमग्न–कर्म सलग्न– मौन सम्मति सुलक्षणम् । अहोरात्र जप ध्यानम् । कर्मण्य वा अधिकारेस्तु माफलेषु कदाचनम् ! गीतागेय महात्म्यम् ! अनुरक्त छु –अभिवन्द्य छु– सत्कर्मयोगमा तल्लिन मगनमस्त रहूँ– रहौँ । कर्मयोगको महिमा गेय गाउँदै गतिमान रहौँ– होऔँ ।
इच्छाभोजन, मोजमस्ती जीवन गुजरान चिन्तन घारी चारवाकीव दर्शन छर्कन नभएका होइनन् । छताछुल्ल जताजतै छन्, छ्यापछ्याप्ती बाहुल्य कसका रहे–देखे–भोगेका छन् सबले ! चेतेकै छन्, चैतन्य चोलाले । अनर्गल प्रलाप धारीहरू मौन भाका हाल्छन् । सुनून कसले ! दक्षिण कोरिया पूर्वराष्ट्रपति युन सुकयोलविरुद्ध उच्च अदालतले सात वर्ष जेल सजाय पु¥याएको आमसञ्चारमा छ्यापछ्यापिएको थाहा नपाउने को होला ? ‘यदा यदाही धर्मस्य ग्लानिर्भवती भारत अभ्युत्थानां धर्मस्य सम्भवामि युगेयुगे’ गीतामृत सम्झेँ ! राजा जयपृथ्वीबहादुर सिंह अव मत्र्यमण्डलमा छैनन् । ‘नैनक्षिन्दन्ति श्रश्त्रानी, नचदहति पावक; नैनं क्लेदयन्त्यायो नसोस्यति मारुत’ दिवङ्गत आत्माप्रतिको शाश्वत धारणा ! आध्यात्मिक दर्शनमा रुमलिएर सीमाबद्ध छैन । विज्ञानमानि प्रगाढ उत्तिकै ! सर्वसम्मत सर्वमान्य मत–अभिमत लोकमान्य मत जनमत !
जयपृथ्वीबहादुरका जीवन साथीलाई बझाङ्गी महारानी भन्थ्यौँ । एउटा यामानको चित्रपट फोटो भित्तामा टाँगिएको थियो । भव्य–सुन्दर–आकर्षक । चित्ताकर्षक– मनमोहक ! कृष्ण परमात्माका राधा ! रामचन्द्रका सीता महारानी ! हेलेन केलर जस्ति पाश्चात्य सभ्यता–संस्कृतिकी । २०७२ वैशाख १२ को प्रलयङ्कारी भूकम्पले ध्वस्त–चकनाचुर पारे ।
विडम्बना !!! नत्र यस स्मृतिग्रन्थ सङ्ग्रहालय कक्षका शोभा शृङ्गार बन्थे निःसन्देह ! कुरोकै कुरो ! बझाङ्गी महारानीको प्रथम वार्षिक श्राद्ध पशुपति आर्यघाटमा बालक बबुरो मलाई साथै लगिएको थिएँ । श्रद्धा–भक्तिपूर्वक गरिने श्राद्ध–श्रद्धाञ्जली ! अन्तर चेत–मनको श्रद्धा । बबरलेटले ढाकेको ढाकाटोपी, भुवादारी रूमाल अनि गदी चाँदीको डबल सिक्का दक्षिणा–उपहार ग्रहण गरेको मृत्यु संस्कारमुखी संस्कृतिका अनुभूति अनुराग ओकल्ने जमर्को अर्पें । श्रद्धा सुमन गुच्छा भावले ! जयपृथ्वीबहादुर स्मृतिग्रन्थ कक्षको योजनाकार महानुभाव वृन्दमा हार्दिक अभिवादन ! गहकिला सोच–विचार हाम्रो अन्तरमन मस्तिष्कका उज्वल ऊर्जा । जय देश ! जय जनता ! भवतु सब्ब मङ्गलम् ! आज बुद्ध जयन्ती ! विश्व शान्ति कामना दिवस ! ॐ शान्ति ! तँछाडमछाड दम्भ बिसर्जन दिवस ! जय जग जननी ! सुस्मित शान्त विश्व भुवन !!! जयपृथ्वी स्मृति ग्रन्थ बनून् वहार सदासर्वदा सुस्तित – पुस्पित ! शालीन ! भव्य महान् !!!
शान्ति बनोस्, लक्ष्य हाम्रो शान्ति नै हो स्थिरता हाम्रो शान्ति सदा बहार बनून शान्ति नै सुमधुर सुवास !
शान्ति सदा प्रवाहित रहून् जीवन हाम्रो ओतप्रोत बनून; पीडा–घाउ मनको मेटून् हेला घृणा भेटी उन्मुलन् !
शान्ति छाउन् छताछुल्ल रहून् भूतल–सागर–समुद्र व्यापी; हाम्रा मुटु अनि मस्तिष्क भरी शान्ति–शान्ति मन मुटुभरि ! रिस राग–द्वेष मिटाई सब स्नेह सरिता सुस्मित भाव छरछर वर्षाइ स्नेह सरिता मङ्गलमय–चेत छरीछरी !
उद्देश्य रहुन् शान्ति हाम्रो शान्ति नै मङ्गलमय गान हामीसितै सही रहुन्, सदासर्वदा पावन बहार !
(जयपृथ्वीबहादुर सिंहद्वारा रचित अङ्ग्रेजी कविताको नेपाली अनुवाद)