काठमाडौँ, माघ १५ गते । पूर्व गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हुनुहुन्छ ।
बबरमहलस्थित कार्यालयमा नागरिकता प्राप्तिका लागि उहाँ लाममा देखिनुभएको हो । उहाँ काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा पुग्दा फोटो पत्रकार र विशेष गरी युट्यबरको बाक्लो भीड लागेको छ ।
उहाँले पहिला प्राप्त गर्नुभएको नेपाली नागरिकता अमेरिकाको नागरिकता प्राप्त भएपछि समाप्त भएको थियो ।
उहाँ पुनः नेपाल आएर अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाउँदा उहाँको प्रतिनिधि सभा सदस्यसमेत खारेज भएको छ ।
नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेले पुनः नागरिकता लिन सक्ने भन्दै फैसला भएपछि उहाँले पुनः नागरिकता दिन लाग्नुभएको हो ।
नागरिकताकै विषयमा उहाँले गृहमन्त्री र उपप्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट उहाँको राजीनामा स्वीकृत भइसकेको छ ।