टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।
झापाको दमकमा महिलामा पाठेघरको मुखको क्यान्सर उच्च जोखिम भएको पाइएको छ । नगरपालिकाले दमकस्थित सरकारी अस्पतालमा क्यान्सर तथा सम्भावित क्यान्सर पत्ता लगाउन निःशुल्क सेवा दिन सुरु गरेपछि यहाँ आएका शङ्कास्पद बिरामीहरूको जाँच गर्दा उच्च जोखिम भएको पाइएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अब बन्ने राष्ट्रपति नेपाली कांग्रेसको हुने बताउनुभएको छ । सोमबार धनुषाको ढल्केवरमा पूर्व प्रधानपञ्च कुलबहादुर स्याङ्गदनको श्रद्धाञ्जली सभामा अहिलेको राजनीतिक घटना क्रमलाई जोड्दै उहाँले अब बन्ने राष्ट्रपति नेपाली कांग्रेसको हुने दाबी गर्नुभयो ।
शुक्रबार साँझबाट बन्द भएको कर्णाली राजमार्ग सोमबार बिहानदेखि खुलेको छ । हुम्लाबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिएर दैलेख आठबिस नगरपालिका वडा नं. ४ का वर्ष ५५ का तिलक माझीको मृत्यु भएपछि स्थानीयले बन्द गरेको कर्णाली राजमार्ग खुलेको हो ।
दक्षिण पूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु दुवै देशहरूमा गरी पाँच सयभन्दा बढी पुगेको बीबीसीले उल्लेख गरेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलाे भूकम्प हो ।
प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । प्राकृतिक भू–बनावट, अनुपम जैविकतासँगै यहाँको धार्मिक पर्यटकीय स्थललगायतले ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना रहेको मन्त्री आचार्यले बताउनुभयो ।
थारु भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे घोषणापत्र जारी गर्दै सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेमा सम्पन्न भएको छ ।
सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरूलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।
गायिका अबुन पाण्डेको स्वरमा सजिएको 'ए चरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
ओखलढुङ्गामा पर्यटन प्रवर्धनका लागि पहिलो पटक साहसिक साइकल दाैड प्रतियोगिता गरिएको छ । जिल्लाको सदरमुकाम बजार क्षेत्रमा पर्यटन प्रवर्धनका लागि साइकल दौड प्रतियोगिता गरिएको हो । प्रतियोगितामा देश तथा विदेशका गरी ६२ जना प्रतियोगी सहभागी हुनुभएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको वार्षिकोत्सव उद्घाटन गर्नुभएको छ । आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले उद्घाटन गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझै फराकिलो बनाएर जनतामाझ लैजाने बताउनुभएको छ । भरतपुरस्थित विपि कोइराला क्यान्सर अस्पतालमा अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा बोल्दै मन्त्री गिरीले यस्तो धारणा राख्नुभएकाे हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काममा तीब्रगतिमा लाग्नुपर्ने बताउनुभएको छ । कपिलवस्तुको विजयनगर गाउँपलिका अनुगमन तथा भेटघाट गर्ने क्रममा उहाँले सुशासन कायम गर्न भ्रष्टाचार मुक्त बनाउने धारणा राख्नुभयो । कर्मचारीले भ्रष्टाचार गरेको सुन्न् आएमा २४ घन्टा भित्र मन्त्रालयमा तानी फेरबदल गर्ने चेतावनी दिनुभएको छ ।
भाषा सामाजिक वस्तु हो । समाजका हरेक विषयमा भाषाको कारोबार हुन्छ । त्यसैले राजनीति पनि भाषाबाट अलग हुँदैन । राजनीति समाज सुधारको मियो हो । नेपाली समाजको त्यो मियो हल्लिएको गुनासो यदाकदा सुन्ने गरिन्छ । सुनाउने माध्यम चाहिँ भाषा नै हो । खासमा भाषाले दिने अर्थ हो त्यसले गुनासो गरेको वा प्रशंसा गरेको हो अथवा गाली वा आक्रोश व्यक्त गरेको हो, जे भए पनि त्यो सन्दर्भगत हुन्छ ।
‘ सर, हिउँ पर्ने समयमा सुत्न सकिन्न, पानीले कपडा भिजेका हुन्छन् । तीन वर्षदेखि राम्ररी सुत्न पाएको छैन । छोराछोरी ठूला भइसके, टहरामा नअट्ने भइसक्यो ।’