• १४ मंसिर २०८१, शुक्रबार

मधेश प्रदेशका उद्योगमन्त्री यादवले लिनुभयो शपथ

blog

धर्बेन्द्र झा 

धनुषा, माघ २४ गते । मधेश प्रदेश सरकारमा सहभागी उद्योग, पर्यटन तथा वन मन्त्रीमा नियुक्त सुनिता यादव र राज्यमन्त्रीमा नियुक्त रहवर अन्सारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरू दुवै जना नेकपा (माओवादी केन्द्र)को तर्फबाट सरकारमा सहभागी हुनुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मन्त्री यादवले मैथली भाषामा पद तथा गोपनीयताको शपथ लिनुभयो ।

मन्त्रीको शपथ ग्रहणपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उद्योग, पर्यटन तथा वनराज्य मन्त्री अन्सारीले भोजपुरी भाषामा शपथ लिनुभयो ।


कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवसहितका प्रदेशका मन्त्री, सांसद र उच्च पदस्थ कर्मचारीको सहभागिता थियो ।

मुख्यमन्त्री यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेपछि नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी भएको हो । योसँगै मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।