• १४ जेठ २०८१, सोमबार

पशुको भिडियो एक्स–रे सेवा सुरु

blog

पशुको भिडियो एक्स–रे हुँदै । तस्बिर: रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, माघ २४ गते । गुल्मीमा पहिलो पटक पशुको भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले यो सेवा सुरु गरेको हो ।

केन्द्रले पशुको भिडियो एक्स–रे सेवा सुरु गर्दा स्थानीय कृषकहरु निकै खुसी भएका छन् । 

लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले यहाँ भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको हो ।

भिडियो एक्स–रेबाट पशुहरुको बाँझोपनको समस्या र गर्भ परीक्षण गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डा.भरत काफ्लेले जानकारी दिनुभयो । 

किसानका घर–घरमा पुगेर पशुहरुको भिडियो एक्सरे गर्न पालिकाका प्राविधिकमार्फत तथ्याङ्क सङ्कलन भइरहेको छ । इस्मा गाउँपालिकाको विभिन्न्न स्थानबाट यो सेवा सुरु गरिएको हो ।

किसानको मागअनुसार यो सेवालाई जिल्लाका सबै स्थानमा पु¥याइने डा. काफ्लेले बताउनुभयो ।