थुम्केरानीका तारा चौहानले पर्यटन महोत्सव सुरु भएदेखि नै पर्यटकलाई स्थानीय खानाका स्वाद चखाउनमा व्यस्त हुनुहुन्छ ।
सर्लाहीमा भर्खरै सरुवा भएर आउनुभएका सुरक्षा अधिकारीले केही दिनदेखि नेपाल–भारत सीमाको अनुगमन तीव्र पार्नुभएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितका सुरक्षा अधिकारी नियमित सीमा क्षेत्रको अवस्था बुझ्न निस्कनुभएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि विश्वासको मत लिनु हुने भएको छ । उहाँले विश्वासको मत लिनका लागि भोलि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।
नवलपुर–मलङ्गवा सडकअन्तर्गत सर्लाहीको कविलासीमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान गर्नुभएकाे छ ।
झापाका केही कुखुरापालक तथा अण्डा उत्पादक किसानले स्वतःस्फूर्त रूपमा बिर्तामोडको मुक्तिचोकमा जिउँदो कुखुरा र अण्डा फ्याकेर विरोध प्रदर्शन गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न सरकारले बाटो खोलिदिएको छ । कलेजले आफ्नो छुट्टै अस्पताल सञ्चालन नगरेसम्म विराटनगरको कोसी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्ने सुविधा दिने मन्त्रिपरिषद्को निर्णयसँगै मेडिकल कलेज सञ्चालन गर्ने बाटो खुलेको हो ।
मधेश प्रदेश सरकारमा सहभागी उद्योग, पर्यटन तथा वन मन्त्रीमा नियुक्त सुनिता यादव र राज्यमन्त्रीमा नियुक्त रहवर अन्सारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरू दुवै जना नेकपा (माओवादी केन्द्र)को तर्फबाट सरकारमा सहभागी हुनुभएको हो ।
नेकपा (माओवादी केन्द्र) ले ५० हजार पुरस्कार राशिको खुला भलिबल प्रतियोगिता गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो ।
शरीरमा आयोडिनको मात्रा धेरै भएमा घाँटी, पेट पोल्ने, ज्वरो आउने, वाकवाकी लाग्ने, पखाला लाग्ने, नाडीहरु कमजोर हुने, ओयोडिनको मात्रामा धेरै भएमा 'कोमा'मा समेत जान सक्ने डा. काेइराला बताउनुहुन्छ ।
गुल्मीमा पहिलो पटक पशुको भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले यो सेवा सुरु गरेको हो । केन्द्रले पशुको भिडियो एक्स–रे सेवा सुरु गर्दा स्थानीय कृषकहरु निकै खुसी भएका छन् ।
टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र सयौं परकम्पनका कारण मर्नेको सङ्ख्या चार हजार तीनसय पुगेकाे छ । विभिन्न मिडियाहरूले बिहानकाे ९ बजेकाे स्थानीय समयअनुसार पछिल्लाे विवरणमा साे सङ्ख्यामा उल्लेख गरिएकाे छ ।
कान्ति बाल अस्पतालले अनलाइन टिकट सुरु गरेको छ ।अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा हुने अव्यवस्थित भीडको व्यवस्थापन गर्न अस्पतालले अनलाइन टिकट सुरु गरेको बताउनुभयो ।