• १३ साउन २०८१, आइतबार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, माघ २५ गते । नवलपुर–मलङ्गवा सडकअन्तर्गत सर्लाहीको कविलासीमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा कविलासी नगरपालिका–९, सलेमपुर बस्ने ब्रह्मदेव रायका छोरा २७ वर्षीय डिकेश रायको मृत्यु भएको हो । मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९१५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडक छेउमा गाडिएको पिलरमा ठोक्किँदा मोटरसाइकल चालक रायको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल दुर्घटना हुँदा राइको घटनास्थमै मृत्यु भएको भनी बुधबार बिहान स्थानीयबाट खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । 

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठले बताउनुभयो ।