• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच संयन्त्रको बैठक बोलाउने सहमति

blog

काठमाडौँ, माघ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहनुभएका अध्यक्ष ओलीबीच बुधबार बिहान बालकोटमा भएको भेटमा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारलगायतका विषयमा छलफल गर्ने सहमति भएको हो ।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार र सरकारका कामकारबाहीबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने जानकारी दिनुभयो ।

फागुन २८ मा राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल सकिँदैछ । राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते तोकिएको छ । सत्ता साझेदार दलबीच राष्ट्रपतिको उम्मेदवारबारे एकमत हुन सकेको छैन ।

एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने बताउँदै आउनुभएको छ ।